• ट्रेण्डिङ्ग :
रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा

रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा


  • 3.9K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतंकवादी हमलाको निन्दा


    काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई 'अमानवीय' भन्दै कडारूपमा निन्दा गरेका छन् ।

    images

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका हुन् ।  उक्त आतंकवादी हमला स्पष्ट रूपमा नव-फासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताए ।  
    रुसको इजेभस्क शहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    सो घटनमा १४ जना बालबालिका सहित २१ जना घाइते भएका छन् । प्रारम्भिक रिपोर्टहरू अनुसार छ जना वयस्क र सात साना केटाकेटीहरू सहित १३ जनाको  सो आक्रमणमा ज्यान  गएको छ । 

    सञ्चार माध्यमहरूले जनाएअनुसार २५ वर्षीय युवकले इर्कुत्स्क क्षेत्रको उस्ट-इलिम्स्कमा रहेको सैन्य भर्ती कार्यालय नजिकबाट गोली चलाएका थिए ।  घटनापश्चात् गोली प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ गरिएको थियो । अल जजीराका अनुसार रुसका विद्यालयमा गोलीप्रहारका घटना विरलै हुने गर्दछ ।


    तेस्रो आँखा