• ट्रेण्डिङ्ग :
स्वार्थ केन्द्रित राजनीति
पत्रकारितामा सफल, राजनीतिमा असफल

पत्रकारितामा सफल, राजनीतिमा असफल


वैकल्पिक राजनीतिलाई सक्ने रवीन्द्र मिश्र, चरित्र भने ‘जता गुलियो उतै भुलियो’

  • 6.3K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    पत्रकारितामा सफल, राजनीतिमा असफल

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साधारण सदस्यबाट राजीनामा दिए । नेपाली जनतालाई मंगलबार (असोज ११ गते) उनले फेसबुकमार्फत एउटा ‘चुलै निम्तो’ दिए । त्यो पनि २४० वर्षको शाहवंशीय शैलीमा ।
     
    निम्तो निरंकुश शासकहरू एक हौँ भन्ने नै थियो, ‘राजतन्त्रवादी एक हुने कार्यक्रममा आउनुहोस् राजतन्त्रको पुनःस्थापना गर्न लागौँ ।’ अर्थात् रवीन्द्र मिश्रले जनतालाई ‘राजाका रैती’ बनाउन बुधबार राष्ट्रियसभा गृहमा बोलाएका हुन् । त्यहाँ रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दै छन् ।

    images

    भनिन्छ- ‘राजनीतिमा लाजसरम’ भन्ने हुँदैन । अलिकति भए पनि पचाएरै पद र प्रतिष्ठाका लागि मान्छे जे पनि गर्न तयार हुन्छ । रवीन्द्र मिश्र बुधबार त्यहीँ गर्दै छन् । जुन, नेपाली जनताको लामो संघर्ष र बलिदानपछि मिल्काइएको थियो । अर्थात् निरंकुश राजतन्त्रको पक्षमा खुला रूपमा रवीन्द्र आउने भएका हुन् । राप्रपा प्रवेश गर्न लागेका हुन् ।

    राप्रपासँग ‘वरिष्ठ उपाध्यक्ष पगरी’को डिल गरेर रवीन्द्र निरंकुशतन्त्र जिन्दावाद भन्न लागेका हुन् भन्दा फरक नपर्ला । उनलाई राप्रपाले विद्यान नै संशोधन गरेर वरिष्ठको पगरी गुथाउँदै छ ।

    ०००

    उल्लेखित मिश्रकै शैलीमा प्रस्तुत गरिएको हो । यतिसम्म पुग्दा एकपटक ती दिनहरूलाई सम्झिऊ ! जुनदिन, उदाउँदा थिए, यसरी अस्ताउँछन् भन्ने परिकल्पना थिएन । लामो समयसम्म पत्रकारिता गरेका रवीन्द्र मिश्र राजनीतिमा आउनुअघि बीबीसीमा कार्यरत थिए । बीबीसीमा कार्यरत हुँदा नेपालका नेता र नेतृत्वलाई सधैं तहमा ल्याउने काम गर्थे । खरो विषयमा दह्रो प्रश्न गर्थे ।
     
    तत्कालीन माओवादी जनयुद्ध, दरबार हत्याकाण्ड, राजाद्वारा शासनसत्ता कब्जा गरेको, राजतन्त्रको अन्त्यजस्ता महत्त्वपूर्ण मुद्दाको शल्यक्रिया गर्ने काम रवीन्द्रले गर्थे । त्यो, विश्लेषणमार्फत, विचारमार्फत आवाजमार्फत । त्यसकारण पनि रवीन्द्र मिश्रबाट सबैले आशा गर्थे । भरोसा गर्थे । पछि आएर त्यहीँ विन्दुमा पुगे । जुन, विन्दुमा मिश्रलाई देख्न चाहन्थे ।
     
    लिडरसिप नभएको युवा राजनीतिमा मिश्रलाई लिडरसिपका रूपमा देख्न थालिएको थियो । मिश्रप्रति युवाको आशा र भरोसा उत्तिकै बन्दै थियो । जतिबेला, उनी बीबीसी छोडेर नेपालमै केही गर्छु भनेर आएका थिए । १५ वर्ष बेलायतमा रहेको बीबीसी मुख्यालयमा अनुभव बटुलेका मिश्रले नेपालको अस्तव्यवस्त शासन व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ भन्ने धारमा उनी थिए । उनको हुटहुटी थियो । उसैगरी धारणा राख्थे । नेताको मुटु हल्लाउने गर्थे । त्यसकारण पनि उनलाई सुन्न जमात थियो ।

    ०००

    रवीन्द्र मिश्रलाई नेपाल सन्दर्भबाट सुन्नेहरूले भृकुटीमण्डपको चिया पसलदेखि माइतीघरका गल्लीसम्म सुन्न पाए । आशा र अपेक्षाका पोकाहरू मिश्रसामु फुकाए । कल्याणकारी लोकतन्त्रको दर्शन बोक्ने मिश्रले सित्तैमा खोलेका थिएनन् साझा पार्टी । जसको नाम नै साझा थियो । उसका आशा नगर्ने त कुरै भए । उसले उठाउने मुद्दा साझा हुन्छन् भनिएको थियो ।

    तर, पछि आएर साझा नामको मात्रै सीमित भयो । निकम्मा दलका रूपमा स्थापित भयो । अनि वैकल्पिक राजनीतिको धारमाथि खुकुरी चलाए । अर्को वैकल्पिक राजनीति दलको धारमाथि खुकुरी चलाउन चाहिरहेका थिए ।
     
    ०००

    अर्को वैकल्पिक राजनीतिको केन्द्र विवेकशील नेपाली दलको प्रभाव सानो थिएन । त्यसको नेतृत्व उज्ज्वल थापा, मिलन पाण्ड लगायतकाले गरेका थिए । जहाँबाट रञ्जु दर्शना, समीक्षा बासकोटाजस्ता युवा जन्मिएका थिए । हुर्किएका थिए । उनीहरूले उस्तै स्थान पाएका थिए । चुनाव हारे पनि जिते पनि त्यसरी वैकल्पिक शक्ति निर्माण विवेकशील दलको ठूलो सफलता थियो । त्यो उज्ज्वल थापा (जो अहिल संसारमा छैनन) कै कारण थियो ।

    नयाँ विचारधारा र प्रगतिशीलबाट उदाउँदै गरेको विवेकशील नेपाली दलले समयसापेक्ष प्रगतिको बाटो अपनाएको थियो । त्यो शक्ति र आकर्षण देख्दा मिश्रले साझा र विवेकशील एकता गर्ने कुरा उठाए । विवेकशीलका नेताहरूलाई पनि लाग्यो, ‘साना र प्रगतिशील दलहरू मिलेर जानुपर्छ ।’ मिश्रले त्यतिबेला, भ्रष्टाचारलगायत मुद्दा उठाएका कारण पनि वैकल्पिक शक्तिलाई ठूलो बनाउनुपर्छ भन्ने विवेकशीलको बुझाइ थियो । पछि विवेकशील र साझाबीच एकता भयो । तर, प्रगतिशील विचार र वाद देखाउने मिश्रको त्यो नक्कली रूप पछि आएर उदांगियो ।

    मिश्रले आफू नेतृत्वको विवेकशील साझालाई निकम्मा बनाउन सफल भए । युवा र वैकल्पिक शक्ति केन्द्रलाई ध्वस्त बनाउन मिश्रले ठूलो भूमिका खेले अनि साझाबाट जुन सपना बोकेर विवेकशील छिरेका थिए त्यो अधुरो भएन । मिश्रको स्वार्थ र पदमा केन्द्रित राजनीति त्यतिबेला प्रमाणित भयो जतिबेला उज्ज्वल थापालाई पन्छाएर मिलन पाण्डे र रवीन्द्रले गुटको राजनीति जन्माए । र, उदाउँदो वैकल्पिक राजनीतिलाई अस्ताउन बाध्य बनाए । त्यसमा रवीन्द्रको ठूलो भूमिका र हात रह्यो । त्यसपछि रवीन्द्र वैकल्पिक राजनीतिलाई सिध्याउने पात्रका रूपमा देखिन थाले । राजावादी विचार बोक्न थाले । त्यो अर्को रवीन्द्रको नक्कली कल्याणकारी लोकतन्त्रको नारा बोकेको पुष्टि भयो ।

    लोकतन्त्र र गणतन्त्रवादी भएर ०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गरेका रवीन्द्र मिश्र यतिबेला राजावादी भएर त्यहीँ क्षेत्रबाट चुनाव लड्ने कुरा गरिरहेका छन् । बिर्सन नहुने कुरा के हो भने प्रकाशमानसँग ०७४ मा प्रतिस्पर्धा गर्नु सामान्य थिएन । देशको उपप्रधानमन्त्री भइसकेका प्रकाशमानसँग ८१८ मतले मात्रै उनी पराजित भएका थिए । त्यो उज्ज्वल थापाजस्ता निष्ठावान् र नैतिकवान् वैकल्पिक नेताका कारण थियो । तर, त्यसलाई रवीन्द्रले आफ्नै कारण सम्झे र तत्कालीन विवेकशील दललाई पन्छाउन लागे । जसको परिणाम ०७९ को स्थानीय तहको निर्वाचनले देखाइदियो । रवीन्द्रको असली रूप थाहा पाइसकेपछि अझै पनि विवेकशील साझामा युवा जमात कसरी हुन्थ्यो ? जमात घट्दो भयो ।
     
    मुद्दा राजतन्त्रको बोकेर लोकतन्त्रमाथि राजनीति गर्ने रवीन्द्र मिश्रले अझै कुन विवेकले विवेकशील साझामा रहने ? मिलन पाण्डेलगायत नेताहरूबाट प्रश्न उठेपछि उनी बाध्य भएर राजीनामा दिएका थिए । साझामा बस्ने राजाका मुद्दा उठाउन रवीन्द्र लाखौँको बलिदान र त्यागबाट प्राप्त लोकतन्त्र मास्ने अर्को पात्रका रूपमा देखापर्न लागेका हुन् ।

    पछिल्लो ०७९ को निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने सोचमा छन् । त्यो पनि नेकपा एमालेको काँध चढेर प्रकाशमानलाई जसरी भए पनि हराउने उद्देश्यसहित । यसपटक राप्रपाबाट चुनावमा जाने मिश्रको सम्भावना निश्चितै छ । 

    वैकल्पिक धार ! अझ भनौं बालेनधारको पछि लागिरहेको जनसमुदाय रवीन्द्रका पछि ? प्रश्न बाँकी नै रहनेछ ।

  • सम्बन्धित विषय:

  • # रवीन्द्र मिश्र

  • तेस्रो आँखा
    लेखकबाट थप