• ट्रेण्डिङ्ग :
सुनखानीमा पहिरो : ६ जनाको मृत्यु, ३ बेपत्ता

सुनखानीमा पहिरो : ६ जनाको मृत्यु, ३ बेपत्ता


  • 4.4K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    सुनखानीमा पहिरो : ६ जनाको मृत्यु, ३ बेपत्ता

    जाकार्ता । इन्डोनेसियामा पहिरोमा परि मंगलबार ६ जनाको मृत्यु भएको छ । परम्परागत सुनखानीमा गएको पहिरोमा परि अरु तीनजना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

    images

    देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयंसेवक परिचालित छन् । 

    मृत्यु भएका र हराइरहेका सबैजना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूले बताएका छन् ।  

    'अहिलेसम्म ६ वटा शव भेटिएको छ, अरु तीनजना अझै पनि हराइरहेका छन्, हराइरहेकाहरूको खोजी भइरहेको छ,' स्थानीय एक अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।  

    घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन् । -सिन्ह्‌वा

  • सम्बन्धित विषय:

  • # सुनखानीमा पहिरो

  • तेस्रो आँखा