• ट्रेण्डिङ्ग :
व्यवसाय
अन्नपूर्णमा ३५ करोड लगानीको होटेल सञ्चालन

अन्नपूर्णमा ३५ करोड लगानीको होटेल सञ्चालन


  • 4.9K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    अन्नपूर्णमा ३५ करोड लगानीको होटेल सञ्चालन

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ। बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब ३५ करोड लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।

    images

    करिब आठ रोपनी क्षेत्रफलमा तीन वर्ष लगाएर छ तलाको भवन निर्माण गरिएको हो । घटस्थापनादेखि औपचारिक रुपमा होटल सञ्चालनमा आएको सो होटलमा ५७ कोठा छन् । होटलमा एकै पटक झण्डै दुई सय जनालाई राख्न सकिने सञ्चालक हमाल बताउँछन्, ‘आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएका हौँ । होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।’ 

    लगानी, पूर्वाधार र क्षमताको हिसाबले उक्त होटल  धौलागिरि क्षेत्रकै ठूलो भएको तातोपानी टोल सुधार समितिका सचिव एवम् पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए, ‘म्याग्दी हुँदै मुस्ताङ आवत जावत गर्ने पर्यटकका लागि स्तरीय होटल आवश्यक छ । सो होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारका साना ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सकिनेछ ।’

  • सम्बन्धित विषय:

  • # व्यवसाय

  • तेस्रो आँखा
    लेखकबाट थप