• ट्रेण्डिङ्ग :
इरानको आक्रमणमा इराकी कुर्दिश समूहका सात जनाको मृत्यु

इरानको आक्रमणमा इराकी कुर्दिश समूहका सात जनाको मृत्यु


  • 4.7K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    इरानको आक्रमणमा इराकी कुर्दिश समूहका सात जनाको मृत्यु

    काठमाडौं । इरानले इराकमा कुर्दिश समूहविरुद्ध बुधबार सीमापारी गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका बताइएको छ । 

    images

    तेहरानले कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा भइरहेको प्रदर्शनको विरोधमा घरेलु कारबाही तीव्र पारेका बेला इरानले हालैका दिनहरूमा स्वायत्त इराकी कुर्दिस्तानका जिल्लाहरूमा बारम्बार आक्रमण गरेको छ ।

    कुर्दिस्तानको राजधानी अर्बिलस्थित क्षेत्रीय स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमणमा कोइसिनजाक क्षेत्रमा चार जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको र शेरावामा तीन जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको जनाएको छ ।

    स्वायत्त कुर्दिस्तानका एक वरिष्ठ अधिकारीले एएफपीसँग भने, “आक्रमणमा घाइते भएकामध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

    कुर्दिस डेमोक्रेटिक पार्टी अफ इरान (केडीपीआई) ले ट्वीट गर्दै भनेको छ, “यी कायरतापूर्ण आक्रमणहरू यस्तो समयमा भइरहेका छन् जब इरानको सत्ताले कुर्दिश र इरानी जनताको नागरिक प्रतिरोधलाई दबाउन असमर्थ भएको छ ।”

    इरानले महिलाका लागि कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेको तीन दिनपछि २२ वर्षीया अमिनीको तेहरानमा सेप्टेम्बर १६ मा मृत्यु भएको थियो । ओस्लोस्थित समूह इरान ह्युमन राइट्सका अनुसार उनको मृत्युपछि इरानभरि भएका विरोध प्रदर्शनमा इस्लामिक गणतन्त्र इरानमा कम्तीमा ७६ जनाको ज्यान गइसकेको छ । 


    तेस्रो आँखा