• ट्रेण्डिङ्ग :
खुसी कृषक
पशुपालकलाई घाँसको बीउ

पशुपालकलाई घाँसको बीउ


  • 7.1K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    पशुपालकलाई घाँसको बीउ

     अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक पशुपालक कृषकलाई उन्नत जातको पोषिलो घाँसको बीउ विरतण गरेको छ । उन्नत जातको बर्सिम तथा जै घाँसको बीउ कृषकको मागका आधारमा निःशुल्क वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख नारायण खनालले बताए । कृषकलाई घाँसको बीउ वितरण गर्दै नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले दूध उत्पादन बढाउन तथा कृषकलाई आम्दानीमा वृद्धि गर्न घाँसको बीउ वितरण गरिएको बताए । उनले व्यावसायिक पशुपालक कृषकलाई नगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । 

    पोषिलो घाँस/फाइल फोटो 

    images

    अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक पशुपालक कृषकलाई उन्नत जातको पोषिलो घाँसको बीउ विरतण गरेको छ । उन्नत जातको बर्सिम तथा जै घाँसको बीउ कृषकको मागका आधारमा निःशुल्क वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख नारायण खनालले बताए ।

    कृषकलाई घाँसको बीउ वितरण गर्दै नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले दूध उत्पादन बढाउन तथा कृषकलाई आम्दानीमा वृद्धि गर्न घाँसको बीउ वितरण गरिएको बताए । उनले व्यावसायिक पशुपालक कृषकलाई नगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । 

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले पशुपालक कृषकको लागतमा कमी ल्याउन तथा पोषिलो घाँसबाट दूध तथा दुग्धजन्य पदार्थमा वृद्धि गर्न निःशुल्क घाँसको बीउ वितरण गरिएको बताए । उनले कृषि र पशुपालनबाट मात्रै आर्थिक समृद्धि हुने तथा उत्पादन बढ्ने भएकाले व्यावसायिक कृषि र पशुपालनमा लाग्न कृषकलाई आग्रह गरे । 

  • सम्बन्धित विषय:

  • # पशुपालक

  • तेस्रो आँखा
    लेखकबाट थप