• ट्रेण्डिङ्ग :
पाकिस्तानमा चिनियाँमाथि हमला...

पाकिस्तानमा चिनियाँमाथि हमला...


  • 4.1K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    पाकिस्तानमा चिनियाँमाथि हमला...

    कराँची । पाकिस्तानमा चिनियाँमाथि हमला भएको छ । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा चिनियाँमाथि हमला भएको हो ।

    images

    हमलामा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइते हुनेमा एक महिला पनि छन् । 

    पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुवैजनाको अवस्था चिन्ताजनक छ । उनीहरुको पेटमा गोली लागेको छ  ।

    प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सहर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए ।  घटनाबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।


    तेस्रो आँखा