• ट्रेण्डिङ्ग :
राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरको निर्देशन

राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरको निर्देशन


  • 4.1K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भएको भन्दै हटाउन माइकिङ गरेको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन दिएको हो ।

    images

    पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । ‘प्रसारण लाइनमुनि रहेका सबै घरहरु हटाउन हामीले माइकिङ गरेका हौं । यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेको छ । उहाँहरुले माइकिङ गरेपछि नैतिकताले भवन भएको संरचना हटाउनुहुन्छ होला’, पाण्डेले भने ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए । ‘हामीलाई यो विषयमा जानकारी नै थिएन । तर अब महानगरसँग छलफल गर्छौं । हामीलाई पनि व्यक्तिले दिएको जग्गामा निर्माण गरेको घर हो । राजनीतिक दलको संरचना भन्दैमा कानुन नलाग्ने चाहिँ होइन तर हामी गलत छैनौं भन्ने लाग्छ’, श्रेष्ठले भने ।
     


    तेस्रो आँखा