मनिला । फिलिपिन्समा कोरोना भाइरसका कारण थप ३४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ ।
स्वास्थ्य विभागले दिएको जानकारी अनुसार अहिले संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २८ हजार १७२ रहेको छ । फिलिपिन्समा कोरोना भाइरसका कारण अहिलेसम्म ६२ हजार ९६१ जनाको मृत्यु भएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
झण्डै एक करोड ३० लाख जनसंख्या रहेको राजधानी मनिला महानगर क्षेत्रमा मात्रै पछिल्लो एक दिनमा एक हजार १४९ जना संक्रमित भएका छन् । महानगरका १७ क्षेत्रमध्ये १३ क्षेत्रमा सङ्क्रमणको प्रभाव धेरै देखिएको स्वास्थ्य उपसचिव मारिया रोसारियो भेर्गेइरले जानकारी दिए ।
मनिला महानगरलाई सरकारले कोरोना भाइरसको महामारीको संवेदनशील क्षेत्रका रुपमा बर्गिकरण गरेको छ ।
