काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन इच्छुक पदाधिकारी र सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार, दसैँको दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टलाई टीकाका लागि समय छुट्याइएको छ ।
अपराह्न ३ बजेदखि ५ बजेसम्म इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
