काठमाडौं । खसीको मासुको दसैंमा धेरै महत्व छ । अरु बेला भन्दा पनि चाडपर्वका बेला भने खसीको मासुले विशेष महत्व राख्ने गर्छ । अधिकांश चिकित्सकदेखि स्वास्थ्य सल्लाहकारहरूले खसीको मासु नखान सल्लाह पनि दिन्छन् । तर अर्कातिर खसीको मासु अरू केही जनावरको मासुको तुलनामा बढी गुणकारी भएको विभिन्न अध्ययनले देखाएका छन् ।
खसीको मासु खाँदाका फाइदैफाइदा छन् । यसमा अरु जनावरको मासुको तुलनामा कम क्यालोरी हुन्छ । रातो मासुमा स्याचुरेटेड चिल्लो पदार्थ भएका कारण यसले कोलेस्ट्रोल बढाएर मुटुमा समस्या सिर्जना गर्छ भनिन्छ । तर खसीको मासुमा अरु जनावरको मासुको तुलनामा कम स्याचुरेटेड चिल्लो पदार्थ हुन्छ । जसका कारणा मुटुका बिमारीले अरु मासुभन्दा खसीको खानु बढी उपयुक्त मानिन्छ ।
यस्तै यसमा कुखुराको मासुको तुलनामा बढी आइरन हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । महिलाहरूले खसीको मासु खानुलाई फाइदाजनक मानिन्छ । यस्तै यसमा शरीरलाई चाहिने अत्यावश्यक तत्व पर्याप्त प्रोटिन हुन्छ ।
यस्तै, यसमा पाइने भिटामिन 'बि'ले शरीरको बोसो पगाल्न सहयोग पुर्याउँछ । तौल घटाउन चाहने व्यक्तिले पनि खसीको मासु खान उत्तम हुने स्वास्थ्यविद्हरु बताउँछन् । यसमा पाइने भिटामिन बि १२ ले छालालाई स्वस्थ एवं आकर्षक बनाउन पनि सहयोग पुर्याउँछ ।
