• ट्रेण्डिङ्ग :
पाकिस्तानमा डेंगु : ३० हजारभन्दा बढी संंक्रमित, ६८ जनाको मृत्यु

पाकिस्तानमा डेंगु : ३० हजारभन्दा बढी संंक्रमित, ६८ जनाको मृत्यु


  • 3.9K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    पाकिस्तानमा डेंगु : ३० हजारभन्दा बढी संंक्रमित, ६८ जनाको मृत्यु

    काठमाडौं ।  पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेंगु संंक्रमण पुष्टि भएको छ । 

    images

    योसँगै पाकिस्तानमा डेंगुबाट यस बर्ष मात्रै संंकमित भएकाहरूको सङ्ख्या तीस हजार २६७ पुगेको छ । इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय (डिएचओ) ले शनिबार दिएको जानकारी अनुसार कुल संंक्रमित मध्ये दुई हजार ४३५ जना राजधानी इस्लामावादका हुन् । 

    डेंगुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ । ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो । 

    पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला  डेंगुको प्रकोप पनि फैलिएको हो । 

    बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेंगुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । सिन्ध प्रान्तमा डेंगुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ । 

    बाढी पहिरोका कारण लाखौँ मानिस विस्थापित भएको, घरबार विहीन भएको र फोहोर भएकाले लामखुट्टेबाट जोगिन नसकेकाले पनि डेंगुबाट धेरै जना संंक्रमित हुनु परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । 


    तेस्रो आँखा