• ट्रेण्डिङ्ग :
समाज
शान्ति समाजको स्मारिका विमोचन

शान्ति समाजको स्मारिका विमोचन


  • 5.5K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    शान्ति समाजको स्मारिका विमोचन

    काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले ‘शान्ति सन्देश’ स्मारिका विमोचन गरेको छ । राजधानी काठमाडौंमा २५औँ स्थापना दिवसका अवसरमा उक्त ‘शान्ति सन्देश’ स्मारिका काठमाडौं शाखाले प्रकाशन गरेको हाे ।

    images

    जसको विमोचन स्थानीय जनप्रतिनिधिदेखि सांसदसम्मको उपस्थितमा शनिबार भएको हो ।  संविधान सभा सदस्य रामेश्वर फुँयाल, प्रदेश सभाका निवर्तमान सांसद छिरिङ्गदोर्जे लामा, शान्ति समाजका जिल्ला सभापति भगवान पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वउपेयर बिन्दु पुडासैनी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाज काठमाडौं शाखाका पूर्व सभापति कोमल लामिछाने लगायतको संयुक्त टोलीले उक्त स्मारिकाको विमोचन गरेको थियो । ईष्टपोल माविका प्रधानाध्यापक राजेश राई, गोकर्णेश्वर नगरपालिका – ६ का वडाध्यक्ष नवराज लामा, शान्ति समाजका केन्द्रीय सदस्य किरण ढकालको पनि उपस्थिती थियो ।

    विमोचन कार्यक्रमान आफ्नो धारण राख्दै  शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आर्थिक, महँगी बढ्नुलाई खतराको रुपमा लिए । रुस र युक्रेनबीचको युद्धले संसारलाई आर्थिक रुपमा धरासायी बनाएको बताउँदै शान्ति समाजले युद्ध रोक्न सुरुदेखि नै खबरदारी गरिरहेको उनले स्मरण गरे ।

    स्मारिकामा शान्ति समाजको विगतदेखि वर्तमानसम्म समेटिएको जिल्ला सभापति पुडासैनीले जानकारी दिए । साथै शान्तिका लागि गर्नुपर्ने पहलबारे पनि चर्चा गरिएको छ ।  

  • सम्बन्धित विषय:

  • # शान्ति समाज

  • तेस्रो आँखा
    लेखकबाट थप