• ट्रेण्डिङ्ग :
कानपुर दुर्घटना : मृत्यु हुनेको संख्या २६ पुग्यो 

कानपुर दुर्घटना : मृत्यु हुनेको संख्या २६ पुग्यो 


  • 4.4K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    कानपुर  दुर्घटना : मृत्यु हुनेको संख्या २६ पुग्यो 

    कानपुर । भारतको उत्तर प्रदेशको कानपुरमा शनिबार भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

    images

    उन्नावबाट फर्किरहेको भक्तजन बोकेको ट्याक्टर कानपुर जिल्लाको घाटमपुर क्षेत्रमा शनिबार साँझ दुर्घटना भएको थियो । 

    दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगी स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको थियो । घाइतेलाई तत्काल उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेमध्ये पाँच जनालाई कानपुर हलेट अस्पतालमा रेफर गरिएको छ ।

    उनले भने, “२६ जनाले ज्यान गुमाएका छन् भने अन्य घाइते भएका छन् । तीर्थयात्रीहरू फतेहपुरास्थित चण्डिका देवी मन्दिरबाट फर्किरहेका थिए । 

    यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारजनलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।  


    तेस्रो आँखा