• ट्रेण्डिङ्ग :
हिमपहिरोमा परि एक बेपत्ता, तीन जनाको उद्धार

हिमपहिरोमा परि एक बेपत्ता, तीन जनाको उद्धार


  • 3.3K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.0K Views

    हिमपहिरोमा परि एक बेपत्ता, तीन जनाको उद्धार

    काठमाडौं ।  मनास्लु हिमपहिरोमा परि एक नेपाली नागरिक बेपत्ता भएका छन् । सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा आइतबार दिउसो साँढे तीन बजेतिर गएको हिमपहिरोमा परि बेपत्ता भएको सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए । 

    images

     प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परि हराएका शेर्पाको सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरिएको छ ।  हिमपहिरोमा परी बेपत्ता भएका शेर्पाको पहिचान नभएको शेर्पाले बताए ।

    उनका अनुसार दोस्रो शिविरबाट आधारशिविरतर्फ फर्कने क्रममा विभिन्न कम्पनीका चारजना हिमपहिरोमा परेका थिए । अरु तीनजना सकुशल भेटिएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा