• ट्रेण्डिङ्ग :
जुम्ली घोडा संरक्षण गर्न घोडा दौड

जुम्ली घोडा संरक्षण गर्न घोडा दौड


  • 3.6K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    जुम्ली घोडा संरक्षण गर्न घोडा दौड

    काठमाडौं ।   जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न  घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

    images

    कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित  सो प्रतियोगितामा यस वर्ष ३५ घोडा सहभागी भएका थिए । करिब १७ वर्ष अघि जुम्ला विमानस्थलमा हुँदै आएको सो प्रतियोगिता बन्द भएपछि क्लबले यसवर्ष पुनः सञ्चालन गरेको क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।  

    जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको उनले जानकारी दिए ।  “समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ ”, उनले भने, “चौडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन् । तीन तहै सरकारले सहयोग गरेका छैन । यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँछ । ”
     
    सो प्रतियोगितामा चन्दननाथ नगरपालिका–८ का आनन्द धराला, गुठीचौर गाउँपालिका–१ का हरिप्रसाद बस्नेत र गुठीचौर –२ का कालीप्रसाद बोहोरा  क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएकोे थियो भने खुलातर्फ विकास बोहोरा, शङ्कर रोकाया र विपेन बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय भएको  क्लबले जनाएको छ । त्यस्तै पालिततर्फ चन्दननाथ नगरपालिका–१० का हर्कबहादुर शाही, गुठीचौर गाउँपालिका–५ का बीर्खबहादुर भण्डारी र गुठीचौर –२ का मुनसुर बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ ।

    प्रतियोगिताको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच, तीन र दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।


    तेस्रो आँखा