• ट्रेण्डिङ्ग :
जिम्मेवार निकायको लापरबाही
सुर्खेत बसपार्कमा यसरी दिइन्छ यात्रुलाई यातना

सुर्खेत बसपार्कमा यसरी दिइन्छ यात्रुलाई यातना


  • 6.0K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    सुर्खेत बसपार्कमा यसरी दिइन्छ यात्रुलाई यातना

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ । सुर्खेत बसपार्कको  काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ । दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिने यात्रुमाथि काउन्टरवाला र चालकले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । सुर्खेत बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी यात्रु गाडीमा कोच्दै पठाउने गरेका छन् । 

    वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ । सुर्खेत बसपार्कको  काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ । दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिने यात्रुमाथि काउन्टरवाला र चालकले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । सुर्खेत बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी यात्रु गाडीमा कोच्दै पठाउने गरेका छन् ।

    images

    यातायातलाई व्यवस्थित गर्न खटिइएका ट्राफिक प्रहरी र नेपाल प्रहरीले पनि त्यसप्रति बेवास्ता गर्ने गरेको पाइएको छ । टिकटमा तोकिएको समयमा सवारीसाधन नछुट्दा खाना, पानी पनि खान नपाइएको गुनासो यात्रुहरुले गरेका छन् ।

    जुम्लाका दिलबहादुर बुढा आज बिहानै गाडी छुट्ने भनेर बसपार्क आए तर समयमै गाडी नछुट्दा समस्यामा परे । उनले गाडी छुट्ने डरले अहिलेसम्म  खाना खान पाएका छैनन । छोरालाई लिएर दसैँ मनाउन गाउँ फर्कन थालेका उनले टिकट आइतबार नै लिएका हुन् । ‘यात्रुको विचल्ली भएको छ’, उनले थपे ।

    अघिल्लो दिन नै घर फर्कन टिकट काटेका यात्रुको बसपार्कमा विचल्ली भएको छ । सरोकारवाला निकाय भने बेखबर छ । यात्रुको अत्यधिक चाप र गन्तव्यमा पुग्नुपर्ने बाध्यताका कारण यातायात व्यवस्था सुरक्षित हुन सकेको छैन ।

    ट्राफिक नियम अनुसार सिटभन्दा बढी गाडीमा मान्छे नबोक्ने भनिए पनि प्रहरीकै अगाडि सवारीले क्षमता भन्दा दोब्बर मान्छे बोक्दा प्रहरी मुकदर्शक बनेको छ । यात्रुको चाप बढेकाले समस्या भइरहेको यातायात व्यवसायीहरु बताउँछन् ।

    काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा यात्रुको चाप बढेकाले समस्या भइरहेको बताउँछन् । उनले भने, ‘दसैँको समयमा यात्रुलाई उभिएर नै भए पनि गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ, जोखिम पनि उत्तिकै छ ।’ 

    प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक भीम खड्का बसपार्कलाई व्यवस्थित गर्न थप जनशक्ति खटाइने जानकारी दिए । क्षमताभन्दा बढी यात्रु बोक्नु ट्राफिक नियम विपरीत भएकाले त्यसलाई रोक्न बसपार्कमा कार्यरत प्रहरीलाई निर्देशन दिइएकोब उनको भनाइ छ ।

    दसैँ सुरु भएसँगै हालसम्म वीरेन्द्रनगरबाट चार लाख बढी नागरिक बाहिरिएको यातायात व्यवसायीले बताएका छन् । दैनिक सरदर छ हजार यात्रु गन्तव्यतर्फ गइरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # यात्रुलाई यातना

  • तेस्रो आँखा
    लेखकबाट थप