• ट्रेण्डिङ्ग :
मनास्लु हिमालमा पुनःहिमपहिरो, आज एक जनाको मृत्यु

मनास्लु हिमालमा पुनःहिमपहिरो, आज एक जनाको मृत्यु


  • 4.3K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    मनास्लु हिमालमा पुनःहिमपहिरो, आज एक जनाको मृत्यु

    फाइल फाेटाे

    images

    गोरखा ।  उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिराे जाँदा  एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए  । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए । 

    मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाइ शवपरीक्षणका लागि काठमाडौ‌ टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए । 

    मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ । आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । 

    उक्त हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मनास्लु

  • तेस्रो आँखा
    लेखकबाट थप