• ट्रेण्डिङ्ग :
इलाममा बीस वर्षपछि फर्काइयो तोप

इलाममा बीस वर्षपछि फर्काइयो तोप


  • 4.1K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    इलाममा बीस वर्षपछि फर्काइयो तोप

    इलाम । इलाममा ऐतिहासिक तोप फर्काइएको छ । चाराली इलामका बाहिनीपति कृष्णप्रसाद भण्डारी र इलाम नगरपालिकाका प्रमुख केदार थापाको अगुवाईमा माइस्थान मन्दिरमा २० वर्षपछि तोप पुर्नस्थपित गरिएको हो ।

    images

     इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा ऐताहासिक दुई थान तोप फर्काएको हो ।
    इलामे जनताले हस्ताक्षर संकलन गरी तत्कालिन प्रधानसेनापतिलाई अनुरोध गरेपछि १५ वर्षपछि निशान पुनः इलामको माइस्थानमा फर्काइएको थियो भने तोप २० वर्ष पछि फर्काइएको हो ।

    ६ महिना अघि प्रमुख सेनापति प्रभुराम शर्मा माइस्थान मन्दिरको दर्शनमा आउँदा निशानको पूजा अर्चना पछि नेपाली सेनालाई तोप फर्काउन पत्राचार गरिएको थियो ।

    नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले इलाममा भित्र्याएको निशान र दुई थान तोप सुरक्षाको कारण देखाउँदै २० वर्ष अघि तत्कालिन शाही नेपाली सेनाले काठमाडौं लगेको थियो ।

     


    तेस्रो आँखा