काठमाडौं । गाउँमै हो दसैँ आउने । गाउँमै हो तिहार आउने । चाडपर्व आएको आभास हुने । जहाँ, खेल्न पाउने पिङ हुन्छन् । साट्न पाउने सफा मनहरु हुन्छन् । रमाइलो गर्न साथीभाइ पनि उत्तिकै हुन्छन् । त्यसैले भनिएको होला, ‘गाउँमै छ उल्लास ।’ रोटेपिङ, लिङ्गेपिङ भाइबहिनीले मच्चाइरहेका छन् । जसले गाउँमा झन् उल्लास थपिएको छ । ऐतिहासिक महत्व बोकेका पिङ पूर्वदेखि पश्चिमसम्म कसरी मच्चाइन्छ ? हेरौँ तस्बिर: 
पोखरा महानगरपालिका–११ काँहुडाँडामा काठबाट बनाएको घुमाउने पिङ्ग खेल्दै स्थानीय एक जोडी । तस्बिर : राधिका कँडेल
धादिङको सिद्धलेक गाउँपालिका– १ बुङचुङमा पिङ खेलेर रमाइलो गर्दै बालबालिका । दसैँ तिकारको बेला पिङ खेल्ने ऐतिहासिक महत्व बोकेको यस्ता पिङ अहिले लोप हुने अवस्थामा पुगेको छ । तस्बिर : शंकर श्रेष्ठ
पोखरा महानगरपालिका–११ काँहुडाँडामा बनाइएको रोटेपिङमा खेल्दै स्थानीय बासिन्दा । तस्बिर : राधिका कँडेल
पोखरा महानगरपालिका–११ काँहुडाँडामा बनाइएको लिङ्गेपिङ खेल्दै खेल्दै खेलेर रमाइलो स्थानीय बालक । दसैँमा पिङ खेल्ने प्रचलन रहिआएको छ । तस्बिर : राधिका कँडेल
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ पखटोलमा पिङ खेल्दै गरेका स्थानीय । युवाको अगुवाइमा दसैँ र तिहारलाई लक्षित गरेर लिङ्गेपिङ हालिएको छ । तस्बिर : कमल खत्री
