काठमाडौं । हाल प्रदेश १, मधेस, वाग्मती ,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, मधेस, वाग्मतीका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र वाग्मतीका केही, तथा मधेस प्रदेस र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेश र वाग्मतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै बुधबार राति प्रदेश १ र मधेसमा सामान्य बदली तथा अन्य प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।
