• ट्रेण्डिङ्ग :
भारतमा बस दुर्घटना, २० जनाको मृत्यु

भारतमा बस दुर्घटना, २० जनाको मृत्यु


  • 5.9K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    भारतमा बस दुर्घटना, २० जनाको मृत्यु

    नयाँदिल्ली । भारतको उत्तराखण्डमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा २० जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीअनुसार बस दुर्घटनामा मृत्यु हुने २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

    images

    प्रहरीले २० वटा शव भेटेको र यात्रारत अन्य अधिकांश यात्रु घाइते रहेको जनाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । 

    गएराति नै उद्धारको काम थालिए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठ्यारोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • तेस्रो आँखा