काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा रियलले सख्तर डोनेस्कलाई २–१ गोलले हरायो ।
साबिक विजेताले खेलको सुरुवातमा नियन्त्रण बनाउँदै खेलको १३ औँ मिनेटमा रोड्रिगोको गोलको मद्दतले अग्रता लिएको थियो । २८ औँ मिनेटमा भिनिसियस जुनियरले टोलीको अग्रता दोब्बर बनाए । तर ३९ औँ मिनेटमा ओलेक्सान्डर जुबोकले एक गोल फर्काएपछि रियल दबाबमा परेको थियो ।
दोस्रो हाफमा कुनै गोल हुन सकेन र रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । समूह एफको अन्य खेलमा आरबी लेइपजीगले सेल्टिकलाई ३–१ गोलले हरायो । पहिलो हाफमै सख्तरका ओलेसान्द्र जुब्कोभकोले एक गोल फर्काएका थिए ।
जितसँगै रियलले समूह एफमा ५ अंकको अग्रता बनाएको छ । जितसँगै रियलले समूह एफमा ५ अंकको अग्रता बनाएको छ । उसको तीन खेलमा ९ अंक छ । त्यस्तै समान खेलमा सख्तरको ४ अंक रहेको छ ।
