• ट्रेण्डिङ्ग :
कहिले रोकिएला काठमाडौंको पानी ?

कहिले रोकिएला काठमाडौंको पानी ?


  • 4.3K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    कहिले रोकिएला काठमाडौंको पानी ?

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आउजाउमा निकै कठिनाइ भएको छ ।

    images

    बुधबार रातिदेखि नै काठमाडौं उपत्यकामा लगातार पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलव ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार बिहीबार दिनभर पानी पर्नेछ ।

    'काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ,' उनले भनिन्, '३/४ बजेतिर पानी केही कम भए पनि दिनभरि नै पानी पर्नेछ ।' काठमाडौं उपत्यकामा शनिबार बिहानदेखि मात्र वर्षा कम हुँदै जानेछ । -रासस


    तेस्रो आँखा