• ट्रेण्डिङ्ग :
सभामुख सापकोटाले भने- चुनाव लड्दिनँ

सभामुख सापकोटाले भने- चुनाव लड्दिनँ


  • 5.2K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    सभामुख सापकोटाले भने- चुनाव लड्दिनँ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेद्‌वार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेद्‌वारी नदिने घोषणा गरेका हुन् ।

    images

    सिंहदरबारमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उनले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभारसमेत व्यक्त गरेका छन् । ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकामा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु,’ उनले भनेका छन् ।

    सभामुख सापकोटाले आफू संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता व्यक्त गरे । अग्रगामी राजनीतिक अभियन्तामार्फत आमनेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उनको भनाइ थियो ।

    २०६४ र २०७० मा संविधानसभा सदस्य रहेका सापकोटा २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । योपटक पनि उनी आकांक्षी थिए । सत्ता गठबन्धनमा भएको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीले पाएको छ ।

    तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर उनलाई प्राप्त भएको थियो । यस अवधिमा सापकोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री र वन तथा वातावरणमन्त्री बन्ने अवसरसमेत प्राप्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # अग्नि सापकोटा

  • तेस्रो आँखा