• ट्रेण्डिङ्ग :
पर्यटकीय गन्तव्य मोहरे डाँडाबाट देखियो मनमोहक दृश्य

पर्यटकीय गन्तव्य मोहरे डाँडाबाट देखियो मनमोहक दृश्य


  • 638
    SHARES
    • कार्तिक २४, २०८३ सोमबार
    • १४ मिनेट अघि
    • 981 Views

    पर्यटकीय गन्तव्य मोहरे डाँडाबाट देखियो मनमोहक दृश्य

    म्याग्दी, कात्तिक २३ गते । म्याग्दीको पर्यटकीय गन्तव्य मोहरे डाँडाबाट आइतबार बिहान देखिएको हिमशृङ्खलाको सुन्दर दृश्य देखिएको छ । हिमाल, पहाड र मनोरम भू–दृश्यले मोहरेडाँडाको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । 

    images

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८, राम्चे गाउँको शिरमा रहेको मोहरेडाँडा रमणीय हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिने उत्कृष्ट पर्यटकीय गन्तब्य हो । मोहरेडाँडा ३ हजार तीनसय १० मिटरको उचाइँमा पर्छ । 

    यहाँबाट हिमशृङ्खलाको दृश्यका साथै बिहानको सूर्योदय र साँझमा सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । यहाँदेखि सिस्ने, गुर्जा, धवलागिरि, माछापुच्छ्रे मनास्लु र अन्नपूर्ण लगायत दर्जनौं बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ । साथै यहाँबाट पोखरा बजारसँगै फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, पाल्पालगायत जिल्लाको अग्ला रमणीय टाकुराहरु देख्न सकिन्छ । 

    मोहरेडाँडा जानका लागि बेनी–जोमसोम–कोरला सडकको घुमाउने तालबाट कालीगण्डकी तरेर उकालो चढेपछि धौलागिरि अन्नपूर्ण सामुदायिक पदयात्रा सुरु हुन्छ । घुमाउने तालबाट बाँसखर्क, डाँडाकटेरी, नाँगी हम्पाल हुँदै मोहरेडाँडा पुग्न सकिन्छ । ग्रामीण परिवेश रहेको यस ठाउँमा मगर संस्कृति, हिमशृङ्खला सूर्योदयको दृश्यावलोकन र गुराँसको जंगल यो पदमार्गको मुख्य आकर्षण हो । 

    पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीदेखि माझफाँट, लेकफाँट, सालिजा, हम्पाल, जलजला हुँदै पनि एक दिनको पदयात्रापछि मोहरेडाँडा पुग्न सकिन्छ । यातायातको साधनबाट जलजला पुगेर त्यहाँदेखि तीन घण्टाको पद यात्रापछि मोहरेडाँडा पुग्न सकिन्छ ।   

    पर्यटको सुविधाका लागि यहाँ ६० भन्दा बढी पर्यटक अटाउन सक्नेगरी सामुदायिक लज सञ्चालन गरिएको छ । घोडेपानी र पुनहिल भ्रमणमा पुगेका पर्यटकहरु मोहरेको पुग्ने गर्दछन् । मोहरेडाँडा पुगेका पर्यटकहरु आधा घण्टाको पैदल यात्रापछि पर्वतको मोदी गाउँपालिका वडा १ झिलिबराङस्थित कोखेडाँडा पुग्न गर्दछन् । 

    समुन्द्री सतहबाट तीन हजार तीनसय नौं मिटरको उचाइँमा रहेको कोखेडाँडा पनि पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । 


     


    तेस्रो आँखा