काठमाडौँ, कात्तिक ९ गते । ललितपुरको बालकुमारी सातदोबाटो क्षेत्रबाट मनास्लु, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमशृंखलाको सुन्दर दृश्य देखिएको छ ।
लामो समयसम्म वर्षाका कारण धुम्मिएको वातावरण मौसम खुलेसँगै सफा देखिन थालेपछि उपत्यकाबाट टाढाका हिमालसमेत दृश्यावलोकन गर्न सकिएको हो।
यसपटक खुलेको मौसमले काठमाडौंको दृश्यलाई थप आकर्षक बनाएको छ।





