• ट्रेण्डिङ्ग :
सन्दीप लामिछानेलाई जिल्ला अदालत लगिँदै  

सन्दीप लामिछानेलाई जिल्ला अदालत लगिँदै  


  • 3.5K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.4K Views

    सन्दीप लामिछानेलाई जिल्ला अदालत लगिँदै  

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका उनलाई  जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । 

    images

    दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो । 

    कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।  


    तेस्रो आँखा