कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका ४, राँचुलीबाट मलामी गएका १५ जना बेपत्ता भएका छन् । स्थानीय हेमराज शाहीको मलामी गएका उनीहरु पहिरोमा परेर बेपत्ता भएका हुन् ।
पहिरोमा परेर वडाध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जनाएका छन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीयले पनि बताएका छन् । प्रहरीले खोजीकार्य तीब्र बनाएको छ ।
