• ट्रेण्डिङ्ग :
नाबालिग बलात्कार प्रकरण
सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 4.8K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    सन्दीपलाई ७ दिन हिरासतमा राख्न  अदालतको अनुमति

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । बलात्कार आरोपमा पक्राउ परेका उनलाई आज (सोमबार) अदालतमा उपस्थित गराइएको हो । 

    images

    अदालतले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

    दसैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार म्याद थपका लागि मात्रै अदालत लगेको बुझिएको छ । उनलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । क्यारेबियन लिग खेल्न गएका उनले गत बिहीवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

    लामिछानेलाई जिल्ला अदालतमा लगिएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । गत बिहीवार बिहान कतार एयरवेजको विमानबाट उनी काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेवित्तिकै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । 

    लामिछानेविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उजुरी दिएकी छन् । गएको भदौ २१ गते उनीविरुद्ध भदौ ५ गते आफूमाथि बलात्कार गरेको गरेको भन्दै नाबालिगले उजुरी दिएकी हुन् ।