• ट्रेण्डिङ्ग :
अचाक्ली बढ्यो तरकारीको मूल्य, यस्तो छ भाउ !

अचाक्ली बढ्यो तरकारीको मूल्य, यस्तो छ भाउ !


  • 4.6K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    अचाक्ली बढ्यो तरकारीको मूल्य, यस्तो छ भाउ !

    काठमाडौं ।  कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पाकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ ।

    images

    धनगढी उपमहानगरपालिका २ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए । निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झन्डै एकसातादेखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मुख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी आएको उनीहरुले बताएका छन् । 

    वर्षाले विभिन्न स्थानबाट आउने तरकारी बजारमा पुग्न नसकेको कारण बजारमा ताजा तरकारी पाउन मुस्किल भएको छ । तरकारी बजारमा अहिले हरियो साग प्रतिकिलो एक सय ४० रुपैयाँ, काउली प्रतिकिलो १२० रुपैयाँ, आलु  ५० रुपैयाँ, टमाटर प्रतिकिलो एक सय रुपैयाँ, लौका ८० रुपैयाँ, काँक्रा प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ ।

    वर्षाअघि धनगढीमा हरियो साग प्रतिकिलो  ९०\१०० रुपैयाँ, काँक्रा प्रतिकिलो ६० रुपैयाँ, टमाटर ८०, काउली ९० र लौका ४० रुपैयाँमा बिक्री भइराखेको थियो ।

  • सम्बन्धित विषय:

  • # तरकारीको भाउ

  • तेस्रो आँखा