• ट्रेण्डिङ्ग :
मलेसियामा संसद् विघटन, मध्यावधि चुनावको घोषणा

मलेसियामा संसद् विघटन, मध्यावधि चुनावको घोषणा


  • 5.0K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    मलेसियामा संसद् विघटन, मध्यावधि चुनावको घोषणा

    क्वालालमपुर । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका  छन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनसमेत घोषणा गरेका छन् ।  

    images

    उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद साहसँग अनुमति लिइसकेको पनि जानकारी दिए ।  
     
    सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ । सम्बोधनका क्रममा उनले भने, ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमतअनुसार गर्नेछौँ ।’

    देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उनले जोड दिएका छन् । निर्वाचनकै मिति भने अहिले घोषणा भइसकेको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । 

    निर्वाचनबाट प्रतिनिधिसभाका २२२ सदस्य निर्वाचित हुनेछन् । यसअघिको निर्वाचनपछि सन् २०२० सम्म दुई वर्षका लागि महाथिर मोहम्मद प्रधानन्त्री निर्वाचित भएका थिए । त्यसपछि मुह्यीद्धिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए । उनको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री सब्रिले सन् २०२१ को अगस्त २१ मा शपथग्रहण गरेका थिए ।  


    तेस्रो आँखा