• ट्रेण्डिङ्ग :
वीरगञ्जबाट २८ लाख भारुसहित तीन महिला पक्राउ

वीरगञ्जबाट २८ लाख भारुसहित तीन महिला पक्राउ


  • 3.5K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.4K Views

    वीरगञ्जबाट २८ लाख भारुसहित तीन महिला पक्राउ

    काठमाडौं ।  पर्सा प्रहरीले  २८ लाख ५६ हजार भारतीय नोटसहित तीन महिलालाई पक्राउ गरेको छ ।

    images

    वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाइएको छ ।

    पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

    पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 


    तेस्रो आँखा