• ट्रेण्डिङ्ग :
कर्मचारीको लापरबाही
कार्यालय आएनन् कर्मचारी

कार्यालय आएनन् कर्मचारी


  • 4.4K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    कार्यालय आएनन् कर्मचारी

    सिन्धुली ।  जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँ बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिशा घिसिङले जानकारी दिए ।

    images

    उनका अनुसार, निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ । विभिन्न १०  कार्यालयमा सात कार्यालय प्रमुखसहित ४९ कर्मचारी अनुपस्थित रहेको पाइएको उनले बताए ।

    यस्तै तीनजना ढिला आइपुगेको र १३ कर्मचारीले तोकिएको पोसाक नलगाएको पाइएको उनले जानकारी दिए । सरकारी नियमविपरीत चलिरहेका कार्यालय प्रमुख तथा कर्मचारीलाई छलफल गरेर आवश्यकतानुसारको कारबाही गर्ने निर्णय भएको उनको भनाइ छ ।

    बिहान १० बजेदेखि तीनवटा टोली बनाएर जिल्लाका विभिन्न कार्यालयमा पुगेको टोलीले दसैँ बिदापछि कार्यालय खुलेको दोस्रो दिन भए पनि केही कार्यालय सुनसान रहेको जनाइएको छ । सरकारले दसैँ बिदा यहीँ असोज १६ फूलपातीका दिनदेखि २३ गतेसम्म मात्र दिएको थियो ।

    कार्यालय खुलेको पहिलो दिन जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाहेकका अधिकांश सरकारी कार्यालय सुनसान थिए ।

  • सम्बन्धित विषय:

  • # कर्मचारीको लापरबाही

  • तेस्रो आँखा
    लेखकबाट थप