काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले बर्दिया २ बाट रेशम चौधरीको बुवालाई उम्मेदवार बनाउने भएको छ । रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि उनको बुबालाई उम्मेदवार बनाउने तयारी गरिएको हो ।
अहिले रेशम चौधरी निर्वाचनमा होमिन नपाउने भएपछि उनका बुवालाई उम्मेदवार बनाइएको नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए । मनोनयन दर्ता गर्दा नै रेशम चौधरीलाई पार्टीबाट र उनका बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवार बनाइएको थियो ।
अघिल्लो पटक कैलाली १ बाट प्रतिनिधि सभामा जसपाबाट रेशम चौधरी उम्मेदवार बन्दा उनका बुवा नेकपा एमालेबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए । अहिले कैलाली १ बाट प्रतिनिधि सभामा रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन् ।
