• ट्रेण्डिङ्ग :
मोरङमा दुई जनाको उम्मेद्‍वारी खारेज

मोरङमा दुई जनाको उम्मेद्‍वारी खारेज


  • 5.3K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    मोरङमा दुई जनाको उम्मेद्‍वारी खारेज

    काठमाडौ‌ । मोरङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका प्रेम बर्देवा र दीपेन्द्रकुमार चौधरी कायश्थको उम्मेदवारी खारेज भएको छ ।   

    images

     बर्देवाले मोरङ क्षेत्र नम्बर १ ‘क’मा स्वतन्त्र र चौधरीले क्षेत्र नम्बर २ ‘क’मा जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए । कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको व्यक्ति भएको पाइएपछि बर्देवाको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद थापाले बताए ।

    लुम्बिनी विकास बैंकमा उनले खाता खोलेका थिए । पैसा नभएको खाताको चेक काटेर दिएको र तीन पटकसम्म पनि पैसा जम्मा नगरेपछि बर्देवाको चेक बाउन्स गरेर बैंकले कर्जा सूचना केन्द्रलाई जानकारी गराएको पाइएको जानकारी थापाले दिए। 

    चौधरीले भने निर्वाचन आयोगले गरेको जरिवाना नतिरेको पाइएको छ। गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका उनले निर्वाचन खर्च विवरण आयोगमा बुझाएका थिएनन् ।

    निर्वाचन अधिकृत नगेन्द्र केशरी पोखरेलले  खर्च विवरण नुबझाएपछि आयोगले जरिवाना गरेको र जरिवानावापतको रकम पनि नतिरेको पाइएपछि चौधरीको उम्मेदवारी खारेज गरिएको जानकारी दिए।
     


    तेस्रो आँखा