• ट्रेण्डिङ्ग :
बारामा एकैपरिवारका तीन जनाको हत्या 

बारामा एकैपरिवारका तीन जनाको हत्या 


  • 3.6K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    बारामा एकैपरिवारका तीन जनाको हत्या 

    काठमाडौं । बाराका प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँमा एकै परिवारका ३ जनाको हत्या गरिएको छ । हत्या हुनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

    श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।  

    प्रहरीका अनुसार उनीहरु सुजाता उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् । 

     


    तेस्रो आँखा