• ट्रेण्डिङ्ग :
दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित

दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित


  • 3.8K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित

    जुबा । दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ । देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । ती इलाकाहरू देशको अबेई प्रशासनिक क्षेत्रका रहेका छन् । 

    images

    संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीयता मामिला समन्वय कार्यालयले सार्वजनिक गरेको विवरणमा बाढीबाट प्रभावित भएकाहरुको अवस्था नाजुक रहेको उल्लेख गरिएको छ । 

    'बाढीले देशका विभिन्न ठाउँमा धेरै क्षति पुर्‍याएको छ, बाढीका कारण सडक, पुल, भत्किएका छन् भने नीजि निवास तथा विद्यालय भवनहरु क्षतिग्रस्त भएका छन्,' प्रतिवेदनमा लेखिएको छ । 

    बाढीले भौतिक संरचनाहरुमा क्षति पुर्‍याएपछि यातायात, विद्युत, सञ्चार, खानेपानी लगायतका आधारभूत सेवा पनि प्रभावित भएका छन् । युनिटी प्रदेशका रुब्कोना र बेन्तीयु सहरमा पानीको सतह बढेर ढुवान भएकाले थप समस्या उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् । 

    बाढीका कारण हजारौँ मानिस विस्थापित समेत भएका छन् भने उनीहरूलाई विभिन्न अस्थायी शिविरहरुमा स्थानान्तरण गरिएको छ ।


    तेस्रो आँखा