• ट्रेण्डिङ्ग :
मौसम पूर्वानुमान
आज यी प्रदेशमा मौसम सफा रहने

आज यी प्रदेशमा मौसम सफा रहने


  • 5.0K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    आज यी प्रदेशमा मौसम सफा रहने

    काठमाडौं । हाल प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images

    आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । प्रदेश १ र वाग्मती  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । 

    बिहीबार राति भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १ र वाग्मती का थोरै  स्थानमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  

    प्रदेश १, वाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने, त्यस्तै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।


    तेस्रो आँखा