बग्दाद। इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदै छ । इराकी सभामुखले संसदको मंगलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।
सन् २००३ मा इराकमा भएको शक्तिको बाँडफाँड तथा हस्तान्तरणसम्बन्धी भएको सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ ।
इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादकै कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकबीचको आन्तरिक विवाद कायमै छ ।
