• ट्रेण्डिङ्ग :
नवौँ राष्ट्रिय खेलकुद
फुटबलमा सुदूरपश्चिम प्रदेश विजयी

फुटबलमा सुदूरपश्चिम प्रदेश विजयी


  • 4.1K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    फुटबलमा सुदूरपश्चिम प्रदेश विजयी

    काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा १९, लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि ५-३ गोलको सानदार जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

    images

    खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो ।

    खेलको ५८ औँ मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पार । खेलको ६२औँ मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पुर्‍याए ।

    दोस्रो हाफको ७७औँ मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । खेलमा ८४औँ मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा खेल पुर्‍याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

    त्यसको दुई मिनेट पश्चात सुदुरका शसाङ्क बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४औँ मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जीत निश्चित गराए । त्यसको एक मिनेटपछि  कर्णालीका विकेशले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

    प्रतियोगिता अन्तरगत शनिबार दुई खेल हुनेछन् । समूह ‘बी’ अन्तरगत मधेश प्रदेश र ससस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ‘ए’ अन्तर्गत प्रदेश–१ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुने खेल तालिका छ । 


    तेस्रो आँखा