काठमाडौं । धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
त्यसपछि शुक्रबार हर्कले फेसबुकमा शर्मिलाको तस्बिरसँगै फेसबुकमा स्ट्याटस राख्दै एक महिनाको तलब दिने घोषणा गरेका हुन् । ‘यी बहिनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे!,’ उनले लेखेका छन् ।
तस्बिर : हर्क साम्पाङको फेसबुकबाट

