• ट्रेण्डिङ्ग :
कास्कीमा राप्रपा नेपालले एमालेलाई सघाउने 

कास्कीमा राप्रपा नेपालले एमालेलाई सघाउने 


  • 3.5K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.4K Views

    कास्कीमा राप्रपा नेपालले एमालेलाई सघाउने 

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले कास्कीमा नेकपा (एमाले)लाई सघाउने भएको छ । शुक्रबार दुवै पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर राप्रपा नेपालका उमेदवारले उमेदवारी फिर्ता लिएर एमालेलाई सघाउने सहमति भएको बताएका हुन् । 

    images

    'मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा हामी दुई राजनीति दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राप्रपा नेपाल कास्की जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्की जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको उमेदवारी फिर्ता गरी निःशर्त रूपमा नेकपा (एमाले)का उमेदवारहरूलाई विजयी गराउन सहयोग गर्नेगरी सहमति गरेका छौँ,' विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आगामी दिनमा पनि सहकार्य गरिने उल्लेख छ ।


    तेस्रो आँखा