• ट्रेण्डिङ्ग :
बेलायतको वित्तमन्त्रीमा जेरेमी हन्ट नियुक्त

बेलायतको वित्तमन्त्रीमा जेरेमी हन्ट नियुक्त


  • 3.9K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    बेलायतको वित्तमन्त्रीमा जेरेमी हन्ट नियुक्त

    लण्डन । बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको वित्तमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images

    पचपन्न वर्षीय हन्टको नियुक्ति क्वासी क्वार्टेङको राजिनामापछि भएको हो । उनले आफ्नो मिनी बजेटका कारण बेलायती अर्थतन्त्रमा नकारात्मक प्रभाब देखिएको आरोपपछि राजीनामा दिएका हुन् । 

    'तपाईंले मलाई वित्तमन्त्रीबाट राजिनामा दिन भन्नुभएको छ । मैले यसलाई स्वीकार गरेको छु,' क्वार्टेङले प्रधानमन्त्री लिज ट्रसलाई सम्बोधन गर्दै ट्वीटरमा लेखेको राजीनामामा भनेका छन् ।  । 

    क्वार्टेङको ३८ दिनको कार्यकाल इतिहासमै सबैभन्दा कम समय जिम्मेवारी सम्हाल्ने बेलायती अर्थमन्त्रीको रूपमा रेकर्ड भएको छ । गत महिना उहाँले प्रस्तुत गरेको मा विवादास्पद ऋण–वित्त पोषित कर कटौती समावेश मिनी बजेटलाई बेलायतको आर्थिक समस्याको लागि दोषी ठहराउँदै उनलाई पदबाट हट्न दवाव दिइएपछि उनको राजिनामा आएको हो । 

    बेलायती मुद्रा (पाउण्ड) लाई अमेरिकी डलरको तुलनामा ३७ वर्षको सबैभन्दा कमजोर अवस्थामा पुर्‍याउन मिनी बजेटको भूमिका रहेको ठहर बेलायती अर्थतन्त्रका जानकारहरूले गरेका छन् । 

    विश्लेषकहरूले बेलायतमा मूल्यमा सरकारी उधारो र विविध सेवाको दरहरूको लागतमा वृद्धि हुनुमा मिनी बजेटलाई दोषी ठहर गर्दै चर्को दबाबपछि क्वार्टेङले राजिनामा दिएका हुन् । उनले यसै महिनाको सुरुमा सबैभन्दा बढी कमाउनेहरुका लागि ४५ प्रतिशत आयकरको दर खारेज गर्ने योजनामा यू–टर्न (पुनः विचार) गरेका थिए ।  

    'मैले विगतका हप्ताहरूमा धेरै पटक भनिसकेको छु, यथास्थितिलाई पछ्याउनु कुनै विकल्प थिएन । लामो समयदेखि यो देश न्यून आर्थिक वृद्धिदर र उच्च करको चपेटामा परेको छ, यदि यो देश सफल हुने हो भने अझै पनि परिवर्तन हुनैपर्छ,’ उनले राजीनामामा भनेका छन् ।  


    तेस्रो आँखा