• ट्रेण्डिङ्ग :
टर्कीको कोइलाखानीमा विस्फोट, २५ जनाको मृत्यु 

टर्कीको कोइलाखानीमा विस्फोट, २५ जनाको मृत्यु 


  • 3.9K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    टर्कीको कोइलाखानीमा विस्फोट, २५ जनाको मृत्यु 

    अंकारा । उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एक कोइलाखानी विस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ११ जना कामदारको उद्धार गरिएको र उनीहरुको उपचार भइरहेको बताएका छन् ।

    images

    विस्फोटको मुख्यकारण भने खुल्न सकेको छैन । यस घटनामा अनुसन्धान सुरु गरिएको छ । विस्फोटको समयमा खानीमा करिब ११० जनाले काम गरिरहेका थिए ।

    आपतकालीन कामदारहरूले फसेकाहरुसम्म पुग्न चट्टान खन्ने प्रयास गरिरहेका थिए । ब्ल्याक सीको तटस्थित अमास्रामा रहेको खानीमा उद्धारकर्ताहरूले कामदारको उद्धार गरिरहेको सार्वजनिक भिडियो भिडियोमा देख्न सकिन्थ्यो ।

    बेपत्ता भएकाहरुका परिवार र साथीहरूलाई पनि खानीमा देख्न सकिन्थ्यो । उनीहरु उत्सुकतापूर्वक आफ्ना प्रियजनको खबरको पर्खाइमा थिए । विस्फोट करिब ३०० मिटर गहिराइमा भएको अनुमान गरिएको छ । आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुका अनुसार करिब ४९ कामदारले ३०० देखि ३५० मिटर ९९८५ देखि ११५० फिटको ‘जोखिमपूर्ण’ क्षेत्रमा काम गरिरहेका थिए ।

     


    तेस्रो आँखा