• ट्रेण्डिङ्ग :
केन्यामा खडेरीका कारण नौ लाख बालबालिका कुपोषित

केन्यामा खडेरीका कारण नौ लाख बालबालिका कुपोषित


  • 3.9K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    केन्यामा खडेरीका कारण नौ लाख बालबालिका कुपोषित

    काठमाडौं । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९,४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ ।

    images

    एनडीएमएले आफ्नो मूल्यांकनमा २३ प्रभावित सुक्खा र अर्ध-सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । 

    एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ । संस्थाले केन्यामा मानवीय सहायताको  तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल  ४३ लाख भन्दा बढी रहेको बताएको छ । सो संख्या  गत जुनको ४१ लाखको आसपासामा रहेको थियो ।  

    एनडीएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईवस्तु, बाख्रा र भेडा जस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको  पनि बताएको छ । यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशपक्षीको मृत्यु भएको बताएको छ ।

    हर्न अफ अफ्रिकाका लाखौं मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्, केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन् ।


    तेस्रो आँखा