काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारित तीन निर्वाचन चिह्न हेरफेर गरेको छ ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र स्वतन्त्र उमेदवारका लागि निर्धारित चिह्नअन्तर्गत डोजर र क्रस खुकुरीमा हेरफेर गरिएको जानकारी दिए ।
'निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो,'आयोगद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।


