• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा


  • 5.2K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै आएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ ।

    images

    एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ । त्यसप्रति असन्तुष्ट एमाले नेता प्रभु साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सिट बाँडफाँटमा जसपाको भागमा परेका केही क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि उठाएको छ ।

    तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।
     


    तेस्रो आँखा