• ट्रेण्डिङ्ग :
रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी


  • 7.0K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ग्वार्कोमा रहेको किस्ट मेडिकल कलेजमा उपचारकै क्रममा उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । 

    images

    स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय जोशीलाई असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । छातीमा निमोनियाँ, युरिन इन्फेक्सन तथा डेंगुको देखिएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर जोशीको उपचार भइरहेको थियो । 

    पछिल्लो ३/४ दिनदेखि खानामा अरुचि बढ्दै गएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको थियो । 

    को हुन् सत्यमोहन जोशी ?
    बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशी संस्कृतिविद् पनि हुन् । उनले २०१३, २०१७ र २०२८ सालमा मदन पुरस्कार पाएका छन् । मदन पुरस्कार तीनपटक पाउने उनी एक मात्र व्यक्ति हुन्।

    जोशीले हाम्रो लोक संस्कृतिका लागि पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थका लागि उनले संयुक्त रूपमा तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन् ।

    संस्कृतिविद् तथा साहित्यकार जोशीले त्रिचन्द्र कलेजबाट स्नातक (बी.ए.) सम्म अध्ययन गरेका छन् । उनी २०१५ सालमा पुरातत्त्व र संस्कृति विभागका पहिलो निर्देशक पनि बनेका थिए ।

    सम्मान तथा पुरस्कार
    नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा लागिपरेको हुँदा जोशीको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले २०६९ सालमा पद्यश्री साधना सम्मान पुरस्कारसमेत प्राप्त गरेका छन् । तीन पटकसम्म मदन पुरस्कार जित्न सफल जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

    शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्ंगमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलले ‘जुरेली दर्शन’ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । यसमा जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायत विषय समेटिएका छन् ।

    २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।

    चाँदीको सिक्का
    नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर अंकित छ ।

  • सम्बन्धित विषय:

  • # सत्यमाेहन जाेशी

  • तेस्रो आँखा