• ट्रेण्डिङ्ग :
जोशीको निधनले स्तब्ध बनायो : प्रचण्ड

जोशीको निधनले स्तब्ध बनायो : प्रचण्ड


  • 4.6K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    जोशीको निधनले स्तब्ध  बनायो : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

    images

    अध्यक्ष प्रचण्डले आइतबार बिहान एक विज्ञप्ति जारी गरी उनले जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् । संस्कृतिविद् जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

    'नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहनेछ,' प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।


    तेस्रो आँखा